रास्वपाका तीन प्रदेश महामन्त्रीले जिम्मेवारी छाडे, कर्णाली प्रदेशको कमिटी नै विघटन

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का तीन प्रदेश महामन्त्री जिम्मेवारीबाट अलग भएका छन्। बागमती प्रदेशकी महामन्त्री जिता बराल, सुदूरपश्चिमका महामन्त्री भोजराज जोशी र गण्डकी प्रदेशका महामन्त्री अशोक खड्का जिम्मेवारीबाट अलग भएका हुन्।

कोशी प्रदेशका महामन्त्री लालविक्रम थापालाई पार्टीले निलम्बन गरेको छ।

पद ओगट्ने तर जिम्मेवारी वहन गर्न नसकेको भन्दै रास्वपाले उनीहरुसँग असन्तुष्टि जनाएको छ।

कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भोगचलन गरेर भाडा नतिरेको विषय बाहिर आएकाले निलम्बन गरिएको छ।

रास्वपाले कर्णाली प्रदेशको कमिटी नै विघटन गर्ने निर्णय गरेको छ। गत फागुन ६ गते बसेको सचिवालय बैठकले कर्णालीको प्रदेश कमिटी विघटन गरेर तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो।

प्रदेशदेखि जिल्ला हुँदै वडा तहको सम्पूर्ण संरचना विघटन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =