शैक्षिक परामर्श जस्तो सेवामूलक व्यवसायमा धरौटी असान्दर्भिक : एइक्यान अध्यक्ष तिवारी

काठमाडौँ । सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान)का अध्यक्ष किशोर तिवारीले शैक्षिक परामर्श जस्तो सेवामूलक व्यवसायमा सरकारले धरौटीको व्यवस्था गर्नू असान्दर्भिक भएको बताएका छन् ।
उनले परामर्श व्यवसायीलाई आतङ्कित बनाउने काम गरेकोमा सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान)को घोर आपत्ति रहेको बताए ।
उनले उक्त व्यवस्थालाई संशोधन गर्न आग्रह गरे ।
उनले भने ‘ परामर्श व्यवसायी आतंकित बनाउने सरकारका काम प्रति सक्रिय शैक्षिक परामर्श संघ, नेपाल घोर आपत्ति जनाउँदछ र यसलाई संशोधन गर्न सरकारलाई आग्रह गर्दछु ।’
उनले धरौटी राखेर व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भन्ने सरकारको सोच हास्यास्पद भएको बताए । सरकारले आफ्नो उत्तर दायित्वबाट पन्छिने काम गरिरहेको उनको भनाई छ ।
उनले भने ‘सरकारले व्यवस्थित नै गर्न खोजेको हो भने कानुनले दिएको अधिकार प्रयोग गरेर अनुगमन गरी गलत काम गर्नेलाई कानुनी कारबाही गर्नुपर्छ । राम्रो काम गर्ने लाई प्रशय दिनु आजको आवश्यकता हो।’
उनले सरकारलाई शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित बनाउने हो भने कानुनले दिएको अधिकार प्रयोग गरेर अनुगमन गरी गलत काम गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने बताएका छन् ।
शिक्षा मन्त्रालयले आफ्नो वेबसाइटमा उच्च शिक्षा विधेयक राखेर सरोकारवाला सँग राय सुझावको लागि आग्रह गरेकोछ । विधेयकले शैक्षिक परामर्श व्यवसायलाई अन्यमा राखेर उच्च शिक्षा आयोगबाट अनुमति लिएर धरौटी राखेर मात्र व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेको रहेछ ।








