श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना अध्ययन प्रतिवेदन मन्त्री किराँतीलाई हस्तान्तरण

काठमाडौँ । श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई विश्वविद्यालय अध्ययन प्रतिवेदन बुझाएको छ ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा समितिले श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना अध्ययन प्रतिवेदन मन्त्री किराँतीलाई बुझाएको हो । प्रतिवेदन बुझाउँदै समिति सदस्यसचिव घनश्याम खतिवडाले ट्रस्टी मोडलमा विश्वविद्यालय बनाउने बताए ।

उनले नेपालमा प्रचलित शास्त्रीय संस्कार, संस्कृति र दर्शनका साथै नेपालका विभिन्न जातजातिमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने विश्वविद्यालयको नेपालमुखी अध्ययन प्रमुख उद्देश्य रहेको बताए । उनले नेपालको जनजीवन र माटोलाई चिनेको दक्ष एवं स्वावलम्बी जनशक्तिको उत्पादन गर्नु नै विश्वविद्यालयको लक्ष्य रहेको बताए ।

उनले भने ‘ट्रस्टी मोडलमा विश्वविद्यालय बनाउने सोच यो समितिले तय गरेको छ । नेपालमा प्रचलित शास्त्रीय संस्कार, संस्कृति र दर्शनका साथै नेपालका विभिन्न जातजातिमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने यस विश्वविद्यालयको नेपालमुखी अध्ययन हो । नेपालको जनजीवन र माटोलाई चिनेको दक्ष एवं स्वावलम्बी जनशक्तिको उत्पादन हो । ओंकार भित्रका सम्पूर्ण विषय, संस्कृति, कला र दर्शनलाई नेपाली माटोको वास्तविकतासँग जोडेर विश्वका अनुसन्धानकर्ता एवं अध्येतालाई यसतर्फ आकर्षित गर्दै नेपाली पन र नेपाली मन दिएर राष्ट्र विकासमा लागिपर्ने, राष्ट्रवादी जनशक्ति तयार गर्ने वृहत् उद्देश्यकासाथ स्थापन हुन लागेको विश्वविद्यालय नितान्त नेपालको पहिचान विश्व परिदृश्यमा स्थापित गरी विश्वलाई नेपालतर्फ आकर्षित गर्नसक्ने गुणस्तरीय विश्वविद्यालय बन्नेछ । पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनामा भगवान श्री पशुपतिनाथका नामबाट शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा कार्य गर्न कोषलाई निर्देश गरेको सन्दर्भले समेत पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जम्कामा विश्वविद्यालय स्थापना गर्न आवश्यक र उपयुक्त भएकाले सो सम्बन्धित निर्णय गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिसमक्ष अनुरोध गरिएको छ ।’

समिति संयोजक डा.जगमान गुरुङले ८ दिनपछि जग्गाको कित्ताकाट भएसँगै ८५ प्रतिशत काकम सम्पन्न हुने बताए । उनले कानुनको मस्यौदा आएपछि र विभिन्न विज्ञहरूले सुझाव दिएसँगै विश्वविद्यालय स्थापनाको कार्यविधि शतप्रतिशत सम्पन्न हुने बताए । उनले श्री पशुपति हिन्दु विश्वविद्यालयको कारणबाट विश्वलाई नेपालप्रति आकर्षित गर्ने बताए ।

संयोजक डा।जगमान गुरुङ रहेको समितिमा सदस्यहरूमा प्रा।डा। रामचन्द्र गौतम, प्रा.चेतोनाथ गौतम, कमल ढकाल, डा। घनश्याम खतिवडा सदस्यसचिव, प्रा.डा प्रेमकुमार खत्री रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =