गायिका ज्योति मगर उफ्रिँदा भासियो स्टेज
२०८० पुस २३ गते

गायिका ज्योति मगर गीत गाउँदै स्टेजमा उफ्रिँदा स्टेज नै भासिएको छ।
उनी नाच्दा नाच्दै स्टेज भासिएको हो। इलामको माइ नगरपालिका १ बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा स्टेज भासिएको हो । त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
भिडियोमा ज्योति मगर गीत गाउँदै नाच्दै उफ्रिएको देखिन्छ। उनी उफ्रँदा भ्वाङ परेर खसेको छ। महोत्सव पुस १७ देखि २० गतेसम्म आयोजना भएको थियो ।
महोत्सवमा पुस १९ गते राति करिब ११ बजे ज्योति मगरले प्रस्तुति दिएकी थिइन्। खाल्डोमा खसेकी ज्यौतिलाई सुरक्षाकर्मी आएर उठाएका थिए।
२०८० पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








