मिश्रको आग्रह– मलाई ‘रवीन्द्र जी’ भनेर सम्वोधन गर्नुहोला

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफुलाई रवीन्द्र जी भनेर सम्बोधन गरिदिन आग्रह गरेका छन् ।

सामाजिक संजालमार्फत् एक सन्देश जारी गर्दै उनले पार्टीको पदले भन्दापनि नामले बोलाउँदा खुसी लाग्ने बताए ।

उनले लेखेका छन्–‘मलाई औपचारिक बैठक र कार्यक्रमहरूमा बाहेक अन्यत्र सम्वोधन गर्दा पार्टीको “पद”ले होइन “नाम (रवीन्द्र जी)” ले सम्वोधन गरिदिनुभयो भने अत्यन्तै खुशी हुनेछु। ‘जी’ नेपाली भाषामा सम्मानसूचक शब्द हो ।’

साथै उनले आफुलाई बिभिन्न ठाउँमा हुने कार्यक्रममा मन्चमै बस्न जोड नगरिदिन पनि आग्रह गरेका छन् । उनले आफु दर्शकदीर्घामा पार्टीका कार्यकर्तासंग मिसिएर बस्न रूचाउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =