राष्ट्रियसभा निर्वाचन

उम्मेदवार छनोट गर्न आन्तरिक छलफलमा जुटे ४ दल

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन, सिट विभाजन तथा प्रदेशको भाग मिलाउन सत्ता गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

आइतबार नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक डाकेको छ । अहिले कांग्रेस संस्थापन र संस्थापन इतर पक्षका नेतासँग सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा छलफल गरिरहेका छन् ।

कार्यसम्पादन समितिको बैठक भने सानेपामा हुने पार्टी प्रवक्ता मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार आइतबार १ बजे डाकिएको बैठक ४ बजे सारिएको छ ।

यस्तै, बालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठकमा सिटको छिनोफानो तथा उम्मेदवारको टुङ्गो लाग्ने महासचिव देव गुरुङले बताए ।

यस्तै, जनता समाजवादी पार्टीको पनि बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ । उसले आफूले पाएको १ सिटमा असन्तुष्टि जनाइरहेको छ ।

यता, नेकपा एकीकृत समाजवादीको पनि मुख्यालय आलोकनगरमा चलिरहेको छ । यसले ३ सिटमा दाबी गरेको छ । तर, २ सिट पाउने भएपछि असन्तुष्ट छ । यसबारेमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

राष्ट्रियसभा निर्वाचनको मनोनयन भोलि हुँदैछ । निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ । १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =