बलेरो गाडी दुर्घटना हुँदा १५ वर्षीय सहचालकको मृत्यु
२०८० पुस २० गते

प्रतिकात्मक तस्बिर
कपिलवस्तु । शिवराज नगरपालिका–३ सुपा देउराली मोडस्थित सडकमा प्रदेश २–०३–००१ च ५७८४ नम्बरको बलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सहचालक पर्सा वीरगंज महानगरपालिका–१६ नगवा बस्ने १५ वर्षीय शेख आषिफको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका बलेरोका चालकलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० पुस २० गते
प्रतिक्रिया
सम्बन्धित








