क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि राइटपाथको विशेष अफर

काठमाडौँ । क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीहरूका लागि राइटपाथ करियर काउन्सिलिङले विशेष अफर सार्वजनिक गरेको छ ।
उक्त अफरमा राइटपाथले क्यानडा अध्ययन गर्न जाने विद्यार्थीका लागि लाग्ने शुल्क, प्रक्रिया, एप्लिकेसन शुल्क, भिसा शुल्क र बायोमेट्रिक शुल्कमा छुट दिएको छ ।
राइटपाथका अनुसार यी सबै सुविधा वापत विद्यार्थीको ६० हजार बचत हुनेछ । यो अफर ३१ जनवरीसम्म रहने छ ।
राइटपाथले देशका विभिन्न स्थानमा सेवा विस्तार गर्दै विद्यार्थीको लागि सेवा दिँदै आएको छ ।
काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रही अन्य स्थानहरू, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, झापा र धनकुटामा समेत सेवा विस्तार गरिसकेको छ ।
उक्त कन्सल्टेन्सीबाट कक्षा १२ पास गरिसकेका साथै डिप्लोमा, ब्याचलर, मास्टर्स अध्ययन गर्न र विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् ।
कन्सल्टेन्सीले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको छ ।








