प्रोफेश्नल भिसा एण्ड एजुकेसन सर्भिसेसको पाँचौँ शाखा सञ्चालनमा

काठमाडौँ । प्रोफेश्नल भिसा एण्ड एजुकेसन सर्भिर्सेसले आफ्नो पाँचौँ शाखा सञ्चालनमा ल्याएको छ ।
अष्ट्रेलियाको मेलवर्न टावरमा प्रोफेश्नल भिसा एण्ड एजुकेसन सर्भिर्सेसले पाँचौँ शाखा सञ्चालनमा ल्याएको हो ।
नेपालमा यसको शाखा सञ्चालनमा आइसकेको छ । काठमाडौंको व्यावसायिक केन्द्र सेन्ट्रल बिजनेस पार्क, थापाथलीको दोस्रो तल्लामा यसको मुख्य कार्यालय रहेको छ ।
सिईओ तथा डिरेक्टर निशान्त शर्माका अनुसार मेलवर्नमा प्रति महिना ८ हजार जनाले प्रोफेश्नल भिसा एण्ड एजुकेसन सर्भिर्सेसबाट सेवा लिनको लागि इच्छुक छन् । सेवाग्राहीहरूका सबैखाले समस्याको समाधान र सेवा प्रदान गर्न उक्त शाखा सञ्चालनमा ल्याएको बताए ।
सिईओ निशान्त शर्माले भने –‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरूलाई उनीहरूको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौ ।’
शाखा विस्तारले पनि कम्पनीको प्रोफाइलमा नयाँ उचाइ थपिएको शर्माको भनाई छ ।
प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ ।








