सत्यवती माविलाई आइसिटी अवार्ड
२०८० पुस ६ गते

सूचना प्रविधिको अधिकतम प्रयोग गरी शिक्षण गरेबापत व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय ‘आइसिटी अवार्ड’ बाट सम्मानित भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेलाई उक्त पुरस्कार हस्तान्तरण गरेकी हुन्।
पुरस्कृत विद्यालयले कक्षा चारदेखि कम्प्यूटर शिक्षा अध्यापन गर्दै आएको छ । विद्यालयले चकडस्टरलाई ‘स्मार्ट बोर्ड’ बाट प्रतिस्थापन गरेको छ ।
उक्त विद्यालयमा हाल दुई हजार छ सय पचासी जना विद्यार्थी अध्ययनरत छन्।
२०८० पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








