सोमबार सुनचाँदीको मूल्य स्थिर
२०८० पुस २ गते

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।
तेजाबी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि कुनै हेरफेर भएको छैन । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको हो ।
२०८० पुस २ गते
प्रतिक्रिया
सम्बन्धित








