तीनकुनेबाट पक्राउ पर्नेको संख्या २६ पुग्यो(तस्बिरसहित)

काठमाडौँ । दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुन आएकाहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

प्रशासनको अनुमति विनै तीनकुनेमा आन्दोलन गर्न थालेपछि उनीहरू पक्राउ पर्न थालेका हुन् ।

प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा गएका २६ जना पक्राउ परिसकेका छन् ।

तीनकुनेबाट पक्राउ पर्नेमा राप्रपामा आबद्ध पशुपति कठायत, श्याम तिमल्सिना र आङनिमा शेर्पासहित २६ जना छन् । पक्राउ पर्नेमा विनीता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, नवराज अधिकारी, तेज नारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उमेश आले मगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमाार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिसिङ, धन शिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र साबित्रा क्षेत्री छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =