विश्वकप फाइनल : अष्ट्रेलियाले जित्यो टस, भारतले पहिला ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दैछन् ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

अहमदावादमा नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा सुरु हुने खेलमा अस्ट्रेलियाले बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ ।

दुबै टोलीले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलको टोलीलाई निरन्तरता दिएका छन् ।

अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक विश्वकप उपाधी जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा छ ।

भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ । भारत दुईपटक च्याम्पियन बन्दा एकपटक सन् २००३ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो ।

सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =