पाकिस्तानमा दुर्घटना, १२ को मृत्यु

काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको खैरपुर जिल्लामा बुधबार साँझ भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । स्थानीय एक अधिकारीले दिएको जानकारी अनुसार खैरपुरको बाबर्लोई बाइपास क्षेत्रमा यात्रु भ्यान र कार एक आपसमा ठोक्किँदा सात जनाको घटनास्थलमै मृत्यु भएको र भने अन्य १६ जना घाइते भए बताए । सख्त घाइते ५ जनालाई अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको बताए ।

खैरपुर जिल्लाका उप–आयुक्त अहमद फवाद साहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने बताए ।

प्रारम्भिक विवरणमा बताइएअनुसार यात्रुवाहक भ्यान सुक्कुरबाट खैरपुरतर्फ जाँदै गर्दा विपरित तर्फबाट आउँदै गरेको कारसँग ठोक्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =