दुई दिने स्टार्टअप एण्ड आइडिया फेस्ट सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता

काठमाडौँ । काठमाडौँमा शुक्रवार र शनिवार आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ ।
असोज १९ र २० गते थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुई दिने फेस्ट अवलोकनकर्ता उत्साहजनक सहभागिता सहित सम्पन्न भएको हो ।
लिभि विथ आईसीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता रहेको थियो ।
फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङर्नि, ईभी , सफ्टवेयर तथा हार्डवेर्डवेयर सोलुसन लगायतका स्टार्टअप इन्नोभेसन र आइडिया राखिएको थियो ।
देशैभरका नयाँ नयाँ स्टार्टअप, इनोभेसन हेर्न अवलोकनकर्ताको उत्साहजनक सहभागिता थियो । २ दिन सम्म चलेको फेस्ट १२ हजार बढीले अवलोकन गरेको छन् ।
आईसी टी अवार्ड २०२३ को प्रि–इभेन्ट क्याम्पियनको रूपमा भएको स्टार्टअप एण्ड आइडिया फेस्ट तथा स्टिम क्याम्पमा दस्क्वाड अफ चेन्जमेकर्सकोर्सको सहकार्य रहेको थियो ।
कार्यक्रर्यमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आइडिया ,इनोभेसन तथा प्रडक्टको प्रदर्शनी, आइडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए ।
फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इनोभेसन र १४ प्रडक्टहरूले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरू प्रदर्शनीमा रहेका थिए ।








