नेपाल खुल्ला विश्वविद्यालयको विद्या परिषद सदस्यमा चेम्बर अध्यक्ष मल्ल नियुक्त

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुल्ला विश्वविद्यालयको विद्या परिषद सदस्य पदमा नियुक्त भएका छन् ।
विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्या परिषदको सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।
नेपाल खुल्ला विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धी ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख गरेको छ ।
विद्या परिषदले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत रहेर नयाँ शैक्षिक पेसागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने छ । यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरूमा अनुसन्धान, पेसागत कार्यक्रम तय गर्ने कार्यविधि निर्धारण गरिएको छ ।
अध्यक्ष मल्लले खुल्ला विश्वविद्यालयमा चेम्बरको गतिविधि, व्यापार अनुभव एवं अर्थतन्त्रको बारे विद्यार्थीहरुसंग अनुभव आदानप्रदान समेत गर्ने चेम्बरद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।








