राइटपाथको ‘ग्राण्ड एडमिसन डे’ सम्पन्न, ५ सय भन्दा बढी विद्यार्थी सहभागी (तस्बिरसहित)

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङको ‘ग्राण्ड एडमिसन डे’ बुधवार सम्पन्न भएको छ ।

उक्त ‘ग्राण्ड एडमिसन डे’ मा ५ सय भन्दा बढि विद्याथीहरू सहभागी भएका थिए । उनीहरूले विभिन्न देशका विश्व विद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा छलफल तथा परामर्श लिएका थिए ।

एडमिसन डे मा विभिन्न देशबाट २० भन्दाबढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी भएका थिए ।

अमेरिका , बेलायत, क्यानडा र अस्ट्रेलियाबाट युनिभर्सिटी तथा कलेजहरूका प्रतिनिधिहरूले सो अवसरमा विद्यार्थीहरूलाई परामर्शसँगै अन्य अवसरहरू पनि प्रदान गरेका थिए ।

उक्त अवसर अन्तर्गत उच्च शिक्षा हासिल गर्न जाने प्रक्रिया पूर्ण रूपमा निःशुल्क र आयल्समा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुटको व्यवस्था गरिएको राइटपाथले जनाएको छ।

राइटपाथका अनुसार सहभागी विद्यार्थीहरूमध्येबाट लक्की ड्र मार्फत विजेतालाई स्मार्ट फोन आउने शुक्रबार प्रदान गरिने जनाएको छ । भने, सहभागी सम्पूर्ण विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

छोटो समयमा नै देशका विभिन्न स्थानमा राइटपाथले आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । काठमाडौँको पुतलीसडकमा आफ्नो मुख्य कार्यालय रहेको कन्सल्टेन्सीले बानेश्वर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, झापा र धनकुटामा समेत सेवा विस्तार गरिसकेको छ ।

उक्त कन्सल्टेन्सीबाट कक्षा १२ पास गरिसकेका साथै डिप्लोमा , ब्याचलर, मास्टर्स अध्ययन गर्न र विदेश जान चाहने विद्यार्थीले शैक्षिक परामर्श लिन सक्छन् ।

कन्सल्टेन्सीले युके, अस्ट्रेलिया, न्युजलेण्ड, क्यानडा, अमेरिका जस्ता शैक्षिक गन्तव्य भएका देशका लागि काम गर्दै आएको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =