होन्डा नेपालले ल्यायो ५ सिटर एसयूभी होन्डा एलिभेट
२०८० भदौ २४ गते

काठमाडौँ । होन्डा नेपालले हालै अत्याधुनिक ५ सिटर एसयूभी होन्डा एलिभेट सार्वजनिक गरेको छ ।
आधुनिक स्टाइल र उत्कृष्ट पर्फमेन्स भएको यस एसयूभीले ग्राहकहरूलाई उच्चस्तरीय ड्राईभिङ्ग अनुभव दिने होन्डाले जनाएको छ ।
होन्डा एलिभेटको आकर्षक बाहिरी डिजाइनले सडकमा ध्यान आकर्षित गर्नेछ भने गाडीको स्पेसियस इन्टेरीयरले यात्रुहरूलाई आरामदायी यात्राको अनुभव प्रदान गर्नेछ भने हरेक यात्राको आनन्द लिन पर्याप्त कोठा प्रदान गर्दछ।यसका अतिरिक्त यस गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ्ग प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्ने बताइएको छ ।
होन्डाका अनुसार २२० मिलिमिटर को असाधारण ग्राउण्ड क्लियरेन्स प्रदान गर्दै, एलिभेटले एस यू भी हरूका लागि नयाँ मानक सेट गरेको छ । गाडीको इन्जिनले पि एस को प्रभावशाली पावर आउटपुट प्रदान गर्दछ ।
२०८० भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








