सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियान निष्पक्ष नभएको भन्दै प्रदर्शन (तस्बिरहरू)
२०८० भदौ ९ गते

काठमाडौँ । भ्रष्टाचारका विभिन्न प्रकरणमा मुछिएका राजनीतिक दलका नेताहरूलाई अनुसन्धानका दायरामा ल्याउन माग गर्दै बृहत् नागरिक आन्दोलनले सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
शनिबार काठमाडौँको भद्रकालीमा नागरिक आन्दोलनले प्रदर्शन गर्दै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानमा सञ्चयनात्मक अनुसन्धान र अभियोजन भएको स्पष्ट सङ्केत देखिएको बताउँदै निष्पक्ष छानबिनको माग गरेका छन् ।
हालको चर्चित तीन प्रकरण सुन प्रकरण, ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सत्तापक्षका दलका नेताहरूलाई छानबिनको दायरामा नल्याएर सरकारले सञ्चयनात्मक अभियोजन मात्र गरेको नागरिक आन्दोलनको धारणा छ ।
तस्बिरमा नागरिक आन्दोलनको खबरदारी :

२०८० भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित










