प्राविधिकसँगको छलफलपछि कक्षा १२ को नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माकाअनुसार अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिनेछ । ‘शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ,’ उनले भने, ‘त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’

गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =