पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय
२०८० साउन २० गते

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैर कानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।
तोशाखाना केसमा उनलाई तीन वर्ष जेलसँगै एक लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
सुनुवाइको क्रममा अतिरिक्त जिल्ला न्यायाधीश (एडिएसजे) हुमायुन दिलावरले पूर्वप्रधानमन्त्री खानविरुद्धका आरोप पुष्टि भएको बताएका थिए ।
उक्त प्रकरणमा अदालतले दोषी देखाउँदै ५ वर्ष राजनीति गर्न समेत प्रतिबन्ध लगाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
२०८० साउन २० गते
प्रतिक्रिया
सम्बन्धित









