इटाली पुगेका प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ नेताको भिडिओ वार्ता
२०८० साउन ७ गते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआन जियाजुनले भिडिओ वार्ता गरेका छन् ।
चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपालको तीन दिने भ्रमणमा रहेका जियाजुनले अपराह्न ४ बजे भर्चुअल माध्यमद्वारा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
वार्तामा दुई देशको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री प्रचण्ड हाल इटालीमा छन्। उनी शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
२०८० साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








