घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार हालसम्मको उच्च विन्दुमा पुगेको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा छापावाला सुन कारोबार भएको थियो । तर, आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो ।

तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जएको छ । चाँदीको मूल्य भने अघिल्लो दिन मूल्यमा १५ रुपैयाँले घट्दै १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =