हल गोरु पाल्ने किसानलाई १० हजार अनुदान

लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरूप १० हजार रुपैयाँ अनुदान दिने भएको छ । नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।

अगामी आर्थिक वर्ष २०८०/०८१ बाट नगरपालिकाभित्र रहेका हल गोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने र प्रोत्साहन भक्त वितरण गर्ने नगरपालिका प्रमुख गमानसिंह अर्यालले बताए । गाउँका खेतबारी विभिन्न अन्नबालीले हराबरा बनाउनका लागि नगरपालिकाले गोरु पाल्ने कृषककालाई भत्ताको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरु संरक्षण र खेत बाँझिना नदिनका लागि गोरुपालनमा भत्ताको कार्यक्रम ल्याइएको हो । गोरु पाल्दा सामान्य परिवारलाई मिल्छ । घरको गोरु घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुन्छ भने गोरुको मल खेतबारीमा समेत प्रयोग गर्न पाइन्छ । घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाँझो पनि हुँदैन, अरूको खेत जोत्दा आम्दानी पनि राम्रै हुन्छ ।

नगरपालिकाले किसानलाई अनुदानमा ६ सय वटा हाते ट्याक्टर पनि वितरण गरिसकेको छ । हल गोरु हराउँदै गएको अवस्थामा हाते ट्याक्टर प्रयोगमा आउन थाले पछि गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जाने क्रम बढेकाले नगरपालिकाले हल गोरुको संरक्षण गर्नका लागि उक्त कार्यक्रम ल्याइएको नगरपालिका उपप्रमुख पदमा गुरुङले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =