सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखियो (तस्बिरहरू)
२०८० असार २७ गते

काठमाडौँ । दिवङ्गत सीता दाहालको पार्थिव शरीर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको हो ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।
दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । उनको ८ बजेर ३३ मिनेट जाँदा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०८० असार २७ गते
प्रतिक्रिया
सम्बन्धित








