विद्यार्थी परिषद्ले २५ सय २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ वटा जिल्लाका २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न भएको छ ।

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर परिषद्ले देशका १५ जिल्लाहरूका १६ वटा विद्यालयहरूमा अध्ययनरत २५२५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिएको हो ।

प्राज्ञिकले हिमाल, पहाड र तराईका जिल्लाहरू तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर, रुपन्देही, बाग्लुङ, गुल्मी, रोल्पा, कालिकोट, जुम्ला र डडेल्धुरामा शैक्षिक सामाग्री वितरण गर्ने गइरहेको राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए ।

शैक्षिक सामाग्रीमाहरू ब्याग, कपी, कलम, रेपिडेक्स पुस्तक जेमेट्रीक बक्स, नेपाली वृहत् शब्दकोश, टोपि लगायतमा सामाग्रीहरू वितरण गर्ने परिषद्ले पत्रकार सम्मेलनको माध्यमबाट जानकारी गराएको थियोे ।

प्राज्ञिकका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले विगतमा पनि विपन्न आर्थिक अवस्थाका विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिए । उनले असल र कुशल व्यक्ति निर्माणमा प्राज्ञिकले निरन्तर क्याम्पस विश्वविद्यालय र विद्यालयहरूमा आफ्नो रचनात्मक गतिविधि सञ्चालन गरिरहेको बताए ।

विद्यार्थी परिषद्ले गत वर्ष पनि ११ वटा हिमाली जिल्लाका १८ सय भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियोे ।

परिषद्ले भारत सरकार, भरतीय जनताको सहयोगमा र नेपालीहरूको सहयोगमा उक्त शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =