यसरी हेर्न सकिनेछ एसइई नतिजा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)-२०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

गएको चैतमा भएको एसइई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने काम समेत सकिएको र रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ ।

नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि आज बोर्ड बैठक बोलाइएको छ । सकेसम्म भोलि र प्राविधिक कारण तयारी नसके पर्सी शुक्रवारसम्म नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसइईमा देशभरबाट झण्डै चार लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले नतिजा लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । अस्ति बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष डा. शर्माका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकोले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने तयारी छ ।

परीक्षाफल विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुनेछ । बोर्डका अनुसार नतिजा सार्वजनिक भएपछि नेपाल टेलिकमको एसएमएस र आईभीआर १६००, बोर्डको वेबसाइट डब्लूडब्लूलब्लू डट एसइई डट जिओभी डट एनपी, डब्लूडब्लूलब्लू डट एनईबी डट जिओभी डट एनपी, नेपाल टेलिकमको डब्लूडब्लूडब्लू डट एसइई डट एनटीसी डट एनईटी डट एनपीलगायतबाट हेर्न सकिने छ ।

प्रतिक्रिया

One thought on “यसरी हेर्न सकिनेछ एसइई नतिजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =