सेन्ट जेभियर्स कलेजमा पत्रकारिताका कार्यशाला सम्पन्न 

सेन्ट जेभियर्स कलेज माइतीघरमा दुई दिने पत्रकारिता कार्यशाला सम्पन्न भएको छ । असार १७ देखि १८ गतेसम्म सञ्चालित उक्त कार्यशालामा कलेजमा स्नातक प्रथम वर्षमा पत्रकारिता पढिरहेका विद्यार्थीहरू सहभागी भएका थिए । कार्यशालामा पोडकास्ट र प्रेस विज्ञप्तिलाई केन्द्रबिन्दु बनाइ सिकाइएको थियो । वरिष्ठ क्यानेडियन पत्रकार मार्टिन लोगान र न्यूयोर्क टाइम्स रिपोर्टर भद्र शर्माले कार्यशाला सहजीकरण गरेका थिए ।

पहिलो दिन क्यानेडियन पत्रकार लोगानले विद्यार्थीहरूलाई पोडकास्टका प्रक्रिया र प्रेस विज्ञप्तिका आधारभूत कुराहरू सिकाएका थिए । दोस्रो दिन पत्रकार शर्माको निर्देशनमा विद्यार्थीहरूले मिडिया आउटलेटहरूको लागि पिच लेख्न सिकेका थिए ।

सेन्ट जेभियर्स कलेजका फादर प्रिन्सिपल अगस्टिन थॉमस एसजेले कलेज विद्यार्थीहरूलाई उपयुक्त स्रोतहरूद्वारा उनीहरूको उत्कृष्ट प्रतिभा र रुचिको विकास गर्न मद्दत गर्न प्रतिबद्ध भएको बताए । सोही अनुसार विद्यार्थीहरूको बौद्धिक आवश्यकताहरूलाई निरन्तर रूपमा सम्बोधन गरेकोमा उनले मानविकी विभागलाई बधाई पनि दिए ।

पत्रकारिताका सङ्काय प्रमुख चुनबहादुर गुरुङले सेन्ट जेभियर्स कलेजमा मिडिया शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरूलाई व्यावहारिक शिक्षाका अवसर प्रदान गर्न कडा मेहनत गरिरहेको बताए । उनले समाचार लेखन कार्यशाला हाम्रो नियमित गतिविधिहरू मध्ये एक भएको पनि बताए । भने ‘यसरी व्यवहारिक रूपमा सिकाउँदा सिकाइ धेरै प्रभावकारी हुन्छ ।’

कार्यशालामा कुल १८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =