काठमाडौँका सडकमा ‘नेपाल गौरव यात्रा’ (तस्बिरहरू)

विश्वभरि इस्वी संवत् अनुसार जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइने गरिन्छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसङ्ख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन् ।
२० औँ शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा नेपालमा पनि गौरव यात्रा निकालिएको हो ।
सोही अवसरमा काठमाडौँमा शनिबार जुन महिनाको दोस्रो शनिबार गौरव यात्राको आयोजना गरिएको छ ।
गौरव अर्थात् प्राइडको सुरुवात समाजले यी विभिन्न पहिचानयुक्त समूहहरूलाई अवहेलना गरी यस्तो हुनु एउटा लज्जाको विषय भनी लाञ्छित तुल्याउने भएकाले आफ्नो लैङ्गिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारा सहित सुरु भएको पाइन्छ ।
सोही गौरव महिनाको अवसरमा हुने भेला तथा र्याली कार्यक्रमलाई गौरव यात्रा (प्राइड परेड) भन्ने गरिन्छ ।
नेपालमा भने ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सीमान्तकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो ।
तस्बिरहरू :










