भारतसँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश दाइजोमा दिन मिल्दैन : नवल खड्का

काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाल र भारतबिच रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिन नहुने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिनु नहुने बताएका हुन् । उनले राजनीतिक दलका नेताहरूलाई रोजीरोटीको सम्बन्ध छ भन्दैमा देश नै दाइजोमा दिने अधिकार नरहेको उनले बताए ।
उनले खुला सीमानाका कारण नेपालले विभिन्न समस्याहरू झेलिरहेको उल्लेख गर्दै अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाउन सीमानामा काँडेतार लगाउनुपर्ने उल्लेख गरे । उनले चलचित्र काँडेतारको सन्देश पनि सीमानामा काँडेतार लगाउनुपर्ने रहेको बताए ।
उनले भने, ‘हामीले चलचित्र काँडेतार जो सीमा ओपन भएका कारण जुन खालका समस्या झेल्दै आएका छौँ । ती समस्यालाई निराकरण गर्नको निम्ति अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाउँ र त्यो जमिनलाई सीमानामा काँडेतार लगाऊँ । त्यसपछि टिस्टादेखि काँगडासम्म गुमेको भूभाग फिर्ता लिनुपर्छ । फिल्मको आशय पनि त्यही छ । सेन्सरले रोकेको थियो, विभिन्न सामाजिक सञ्जालबाट दबाब आएपछि अहिले चलचित्रको सेन्सर फुकुवा गरेको छ । हाम्रा नेताहरूले भन्ने गर्छन्, ‘भारत र नेपालबिच रोटीबेटीको सम्बन्ध छ, रोटीबेटीको सम्बन्ध भन्दैमा देश दाइजो दिने हो र ? म प्रश्न गर्न चाहन्छु । हामी यसैगरी चुप लाग्नु हुँदैन । हामी सचेत हुन जरुरी छ । सचेत भएनौँ भने भावी पुस्ताले भूगोलमा नभई गुगलमा सर्च गर्नुपर्ने अवस्था आउनेछ ।’
अध्यक्ष खड्काले सिमानाको बारेमा सधैँ मौन रहने हो भने भावी पुस्ताले नेपालले भूगोलमा नभई गुगलमा खोज्नुपर्ने बेला आउने बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *