भारतीय फिल्म ‘आरआरआर’ र ‘थोर’ का अभिनेता रे स्टिभेन्सनको निधन

काठमाडौँ । भारतीय फिल्ममा समेत अभिनय गरेका हलिउड फिल्म अभिनेता रे स्टिभेन्सनको निधन भएको छ । ५८ वर्षको उमेरमा आइतबार उनको निधन भएको हो ।

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा उनले ‘स्कट बक्सटन’ नामक खलपात्रको भूमिका निर्वाह गरेका थिए । उक्त पहिलो भारतीय फिल्ममा अभिनय गरेपछि उनले मार्भल स्टुडियोले निर्माण गरेको ‘थोर’ र ‘थोरः द डार्क वर्ल्ड’मा समेत काम गरेका थिए ।

सन् १९६४ मे २५ मा लिस्बनमा जन्मिएका उनी ८ वर्षको उमेरमा उनी आफ्नो परिवारसँग इंग्ल्याण्डमा गएका थिए।

२९ वर्षको उमेरमा उनले फिल्म र टिभी कार्यक्रमबाट आफ्नो करियर सुरू गरेका थिए। उनले सन् १९९८ मा फिल्म ‘द थ्योरी अफ फ्लाइट’ बाट उनले चलचित्र क्षेत्रको यात्रा तय गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *