




२०८३ असार ३० गते
Makalu Khabar : makalukhabar.com
Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues

काठमाडौँ । लोकसेवा आयोगले पुरानो डाटा हराएपछि पुनः सोही विज्ञापनमा दरखास्त आह्वान गरेको छ । बुधबार एक सार्वजनिक सूचनामार्फत आयोगले पुनः सोही विज्ञापनमा दरखास्त मागेको हो ।
पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेका उम्मेदवारहरूले मात्रै आवेदन दिन सक्ने आयोगले उल्लेख गरेको छ । दरखास्त विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ ।
डाटा रिकभरी अनिश्चित रहेकाले जेठ महिनादेखि सञ्चालन हुनेगरी तोकिएका परीक्षा कार्यक्रम समयमै सम्पन्न हुन नसके आयोगको कार्यतालिका प्रभावित हुने आयोगको भनाइ छ । दरखास्त दिई परीक्षाको तयारी गरिरहेका उम्मेदवारहरूलाई समेत मर्का पर्ने भन्दै आयोगले मंसिर, पुस र माघमा प्रकाशित विज्ञापनमा पुनः आवेदन माग गरेको हो ।



