सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक छः सांसद पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताएका छन् । आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विदेश जाने क्रम रोक्नका लागि सबैभन्दा पहिला नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताए ।

उनले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरु समाज, नयाँ ठाउँका लागि र गुणस्तरीय शिक्षाका लागि नै जाने गरेको उल्लेख गर्दै सरकारले सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताए । सदस्य पौड्यालले गुणस्तरीय शिक्षा सहज तरिकाले पाउने व्यवस्थाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताए । उनले विद्यार्थीले रोजेको विषय पढ्नपाउने व्यवस्था हुन जरुरी रहेको बताए ।

उनले भने ‘मलाई थाहा छ, विदेश अध्ययनका लागि जाने मानिसहरु यहाँ जतिसुकै पढ्ने अवसर पाएपनि सोसाइटीबाट सिक्छु, साथीभाई, नयाँ ठाउँबाट सिक्छु भनेर जान्छन्, अर्को कुरा यहाँ अध्ययन गर्न चाहेको कुरा अध्ययन गर्न नपाएर जान्छन् । नेपालमा कुनै पनि विद्यार्थी गरिव, धनी, रोल्पा, रुकुम जहाँको होस्, बाहिरको जस्तो गुणस्तरीय शिक्षा सहज तरिकाले पाउनुपर्छ भनेर खोजी गर्दा त्यो पाउने व्यवस्था गर्नु हाम्रो दायित्व हो । भएका कलेजमा पढाउन सक्ने कलेजमा विद्यार्थीको विषयगत कोटा बढाउनुपर्छ । गुणस्तरीय शिक्षा सार्वजनिक शिक्षामा लागू गर्नुपर्छ ।’

राष्ट्रिय सभा सदस्य पौड्यालले नेपालमा कोही पनि विद्यार्थीले रोजेको विषय र सहज शिक्षा पाउनुपर्ने अधिकारको प्रत्याभुति गराउनसक्ने काम सरकारले गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =