मुकुन्द न्यौपाने सहित नेकपा एसका ३० जना केन्द्रीय र जिल्लास्तरीय नेता एमालेमै फर्किए

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपाने शनिबार नेकपा एमाले प्रवेश गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रम उनी नेकपा एमाले एमालेमै फर्किएका हुन्। न्यौपानेले गत साता मात्र आफू नेकपा एसबाट अलग भएर एमालेमै फर्किने घोषणा गरेको थिए ।

नेता न्यौपानेलाई एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरूले स्वागत गरेका थिए ।

उनीसहित नेकपा एसका नेता मुना वानियाँ, चुडामणि जंगली, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, सुकमान तामाङ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भिमकान्त पोखरेल, देवी गिरी, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, हर्कमान तामाङ लगायत नेताहरू एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − seven =