घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ३५ रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + four =