मिटर ब्याज पीडितलाई खुलामञ्च छिर्न दिएन महानगरले, गेटमा प्रहरी र पीडितबीच तनाब

काठमाडौँ । महोत्तरीको बर्दीबासबाट पैदल हिँडेर १२ औँ दिनमा खुलामञ्च गेटमा आइपुगेका मिटर ब्याज पीडित र काठमाडौँ महानगरको नगर प्रहरीबीच तनाब भएको छ ।

विरोध प्रदर्शनको थलो खुलामञ्च बनाउन आँटेका मिटर ब्याज पीडितलाई नगरपालिकाले नगर प्रहरी तैनाथ गरेर खुलामञ्च छिर्न नदिएपछि तनाब भएको हो ।

अहिले मिटर ब्याज पीडित खुलामञ्च अगाडि नै धर्नामा बसको छन् । उनीहरुले खुलामञ्चको ताला खालिदिन र भित्र पस्न दिन नगरपालिकासँग माग गरिरहेका छन् ।

पीडितहरुलाई विभन्नि राजनीतिक दल र दलका संगठनले पनि साथ दिइरहेका छन् । केही दिन पीडित खुलामञ्चमा बस्ने र सरकारसँग निर्णायक वार्ता गरेर फर्किने बताइरहेका छन् ।

उनीहरुले काठमाडौँका मेयर बालेन्द्र साह मधेस मुलकै व्यक्ति भएर पनि मधेसीको भावना बुझ्न नसकेको भन्दै मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरिरहेका छन् ।

उनीहरूले मिटर ब्याज लगाउने साहु महाजनलाई गिरफ्तार गर्नुपर्ने, बालेन्द्र साहले राजीनामा दिनुपर्ने, न्याय दिनुपर्ने माग गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *