दोस्राे ‘एलआईसी नेपाल मिडिया अवार्ड २०७९’ हुँदै

काठमाडौं। ड्रिम हाइ नेपालले ७ फागुनमा होटेल याक एण्ड यतिमा आयोजना गर्ने दोस्राे एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को तयारी पूरा भएकाे जनाएकाे छ । कूल ११ विधामा नगद राशीसहित प्रदान गरिने अवार्डमा १० विधामा उत्कृष्ट ३ को टप थ्री मनोनयन गरिने छ ।

आयोजक संस्था ड्रिम हाइ नेपालका निर्देशक कमल जिसीका अनुसार मिडिया तथा सञ्चारकर्ममा रहेका पत्रकारलाई सम्मान तथा हौसालाका लागि अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ, जिसीले भने ।

दोश्रो एलआइसी नेपाल मिडिया अवार्ड २०७९ मा सञ्चार तथा सामाजिक क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्व, वरिष्ठ संचारकर्मी कृष्ण ताम्राकारलाई लाइफटाइम एचिभमेन्ट अवार्ड साधना सम्मान र वरिष्ठ पत्रकार भूषण दाहाललाई दशकको उत्कृष्ट पत्रकारिता सम्मानबाट सम्मान गरिने जिसीले जानकारी दिए । उनका अनुसार दोश्रो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा सामाजिक विधालाई समेट्दै उधमी तथा समाजसेवी लगायतलाई पनि सम्मान गरिने कुरा उनले भने ।

टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयनमा परेका विधा र उत्कृष्ट ३ को नामावली जुरी समूहको बरियातामा रहने गरी सोही कार्यक्रमकै दिन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

साँझ ४ बजेदेखि कार्यक्रम सुरु हुने र कार्यक्रममा नेपाली सँस्कृतिक झल्किने खालका प्रस्तुति तथा विभिन्न कलाकार मार्फत प्रस्तुतिसमेत रहेको कमल जिसीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *