‘साताका सात’ तस्बिर

निस्कियो नयाँ इँटा
भक्तपुरको दुवाकोटमा भट्टाबाट नयाँ इँटा निकाल्दै मजदुरहरू ।

सहिदको सम्झना
सहिद दिवसको अवसरमा सहिदको सम्झनामा दीप प्रज्वलन गर्दै नेवि संघ समर्थित विद्यार्थीहरू ।

न्यायको आस
नेपालगन्जकी निर्मला कुर्मीलाई न्याय माग्दै सरकारलाई दबाब दिन काठमाडौँको माइतीघरमा प्रदर्शनकारीले बालेको लालटिन

सानो उपत्यका
धुलिखेलको कालिका मन्दिरबाट देखिएको बनेपा र धुलिखेल बजार । बनेपा र धुलिखेललाई सानो उपत्यका समेत भनिन्छ ।

भट्टाको धुवा
भक्तपुरको एक इँटा भट्टाको चिम्नीबाट निस्किएको धुवा । यस्ता धुवाले उपत्यकाको वातावरण प्रदूषण बनाउन मुख्य भूमिका खेल्दै आइरहेका छन् ।

सरकार झक्झक्याउँदै
आत्मदाहपछि मृत्यु भएका प्रेमप्रसाद आचार्यको न्यायको लागी भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको चित्रकला ।

बैंकविरुद्ध व्यापारी
बैंकको चर्को ब्याजदर र व्यापारीहरूमाथि धरपकड गरिएको भन्दै माइतीघरमा आन्दोलित व्यापारी, बैंकको चर्को ब्याजविरुद्ध नाराबाजी गर्दै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *