अनेरास्ववियूद्वारा जनक शिक्षा सामाग्री घेराउ (तस्बिरहरू)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र घेराउ गरेको छ ।
जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णय विरुद्ध जनक शिक्षा सामाग्री केन्द्र सानोठिमीको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको बताए ।
उनले जनक शिक्षा सामाग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नु पर्ने, शैक्षिक सामाग्री समय मै पुर्याउनु पर्ने माग गरे । पराजुलीले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने बताउँदै त्यस्ता भ्रष्टाचार विरुद्ध कडा प्रतिवाद, प्रतिकार गर्ने दाबी गरे ।
यसअगि माघ १३ गते अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको राजीनामा माग्दै पुत्ला जलाएको थियो ।









