सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

बिहीबार भएको निर्वाचनमा काङ्ग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । संसद्मा उपस्थित २ सय ६७ सांसदमध्ये घिमिरेले १ सय ६७ मत ल्याए । भने न्यौपानेले १ सय मत ल्याइन् । एक सांसद भने तटस्थ रहेका छन् ।

घिमिरेले झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । उनले माओवादीका हरि रानालाई पराजित गरेर प्रतिनिधि सभामा पहिलो पटक सहभागिता जनाएका हुन् ।

उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिए ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ ।

२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौँ सभामुख हुन् । २०१५ सालको पहिलो संसद्‍मा कृष्णप्रसाद भट्टराई सभामुख भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =