बैतडीमा जिप दुर्घटना, चालकको मृत्युु
२०७९ मंसिर २३ गते

काठमाडौँ । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन् ।
डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको हो ।
चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
२०७९ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित









