लैङ्गिक हिंसाविरुद्ध छात्रछात्राको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज काठमाडौं स्कुल अफ लका विद्यार्थीले शान्तिपूर्ण र्‍याली निकालेका छन् ।

स्कुलको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको र्‍याली नयाँ बानेश्वरबाट सुरु भएर माइतीघर आएर टुङ्गिएको छ । र्‍यालीमा कलेजका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएसँगै विभिन्न संघसंस्थाले महिला अधिकाबारे विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेका छन् । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिन्छ ।

यस वर्ष ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासिहत देशैभर यो कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =