‘साताका सात’ तस्बिर

लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक ‘पर्फमेन्स आर्ट’ 
१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सफल बनाउन आभा फर क्रिएटिभिटी नामक संस्थाका कलाकारहरू माइतीघरमा ‘पर्फमेन्स आर्ट’ प्रस्तुत गर्दै ।

ड्रुक अमिताभ गुम्बा
काठमाडौँको नागार्जुन नगरपालिकामा रहेको ह्वाइट गुम्बाको नामले परिचित ड्रुक अमिताभ गुम्बा । अहिले यो गुम्बा आन्तरिक पर्यटकको गन्तव्य बन्दै आइरहेको छ ।

३५ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले ३५ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा माइतीघर मण्डलामा गरेको दीप प्रज्वलन ।

निर्माणाधीन गुम्बा
काठमाडौँको हलचोकमा निर्माणाधीन गुम्बा र पृष्ठभूमिमा देखिएको गणेश हिमाल शृङ्खला ।

सुन्दर बिहानी
बिहानी पख उज्यालो हुँदैगर्दा रुखको टुप्पोमा घाम ताप्न पर्खेका बकुल्लाहरू ।

हुस्सुले ढाकेको नख्खु फाट
बिहान सूर्योदय हुनुअघि हुस्सुले ढाकेको ललितपुरको नख्खु फाट ।

सूर्योदय
ललितपुरको भैसेपाटीबाट देखिएको सूर्योदय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *