पोखरा अन्तराष्ट्रिय म्याराथनका विजेतालाई ५ लाख पुरस्कार

पोखरा । पोखरामा हरेक वर्ष आयोजना हुने पोखरा म्याराथनका विजेताले अव ५ लाख पुरस्कार पाउने भएका छन् । १७ औं संस्करणको म्याराथन फागुन ६ गते हुँदै छ । भुतपुर्व खेलाडी मन्चले आयोजना गरेको गर्ने प्रतियोगितामा यो वर्ष पुरस्कारको राशी बढाउन लागिएको छ । यसअघि ४ लाख पुरस्कार रहेकोमा यो वर्षदेखि ५ लाख राशी पु¥याइएको हो ।
दोस्रो, तेस्रो र सान्त्वनासम्म सबै पुरस्कार राशी पनि बढाइएको छ । दोस्रो, तेश्रो र सान्त्वनातर्फ क्रमश नगद ३ लाख, २ लाख र ३० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । गण्डकी प्रदेशतर्फका विजेताले समेत छुट्टै नगद पुरस्कार पाउने भएका छन् । गण्डकी प्रदेशतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
हाफ म्याराथन महिलातर्फ समेत पुरस्कार बढेको छ । हाफ म्याराथनतर्फ पहिलो हुनेले १ लाख ५० हजार, दोश्रोले १ लाख, तेश्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार पाउने छन् । म्याराथन अन्तर्गत नै हुने १० किमी महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३, द्वितीय हुनेले नगद २० र तृतीयले १५ हजार प्राप्त गर्ने छन् ।








