उम्मेदवार बन्न चाहनेले त्याग गर्न पनि सक्नुपर्छ : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकुष्ण खाँणले निर्वाचनमा उम्मेदवार हुन चाहने नेताले त्याग पनि गर्न पनि सक्नुपर्ने बताए ।

भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको शनिबार उद्घाटन गर्दै उनले उम्मेदवार बन्न नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने भएकाले वुद्धले झैं त्याग गर्न आवश्यक रहेको बताएका हुन् ।

‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाइ छुनुपर्ने सङ्कल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो’, उनले भने, ‘तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।’

मन्त्री खाणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =