आइएमई पेले ७.१३ प्रतिशत ब्याज दिने
मकालु खबर
२०७९ असोज ६ गते
काठमाडाैँ । आइएमई पेले असोज महिनादेखि कम्पनीले प्रदान गर्दै आइरहेको ब्याजदर वृद्धि गरेको छ ।
साविकमा रहँदै आएको ६.०३ प्रतिशत को ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ ।
प्रयोगकर्ताहरुले बैंकमा झैँ सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पे मार्फत ब्याज पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ ।
मकालु खबर
२०७९ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित