आइएमई पेले ७.१३ प्रतिशत ब्याज दिने

काठमाडाैँ । आइएमई पेले असोज महिनादेखि कम्पनीले प्रदान गर्दै आइरहेको ब्याजदर वृद्धि गरेको छ ।

साविकमा रहँदै आएको ६.०३ प्रतिशत को ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ । ​

प्रयोगकर्ताहरुले बैंकमा झैँ सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पे मार्फत ब्याज पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार कायम राखी सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *