बङ्गलादेश ‘च्याम्पियन’ बन्दा नेपाल स्तब्ध !

काठमाडाैँ । छैटाैँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशकाे पाेल्टामा परेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ भएको फाइनल खेलमा नेपाललाई ३-१ गोलअन्तरले पराजित गर्दै बङ्गलादेश च्याम्पियन बनेको हाे ।

बङ्गलादेशलाई श्रीमोती कृष्णरानी सरकारले च्याम्पियन बनाइन् । उनले मात्रै दुई गोल गरिन् भने शामसुनाहरले एक गोल थपिन् । नेपालकी अनिता बस्नेत एक गोल फर्काउन सफल रहेपनि अरु दुई गाेल फर्काउन नेपाल असमर्थ रह्याे ।

बङ्गलादेशले पहिलो पटक नेपाललाई हराएको हो । नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =