दशैँका लागि नयाँ नोट वितरण सुरु

काठमाडौँ । राष्ट्र बैंकले दशैँका लागि सर्वसाधारणलाई नयाँ नोट सटही बुधबारबाट सुरु गरेको छ ।

राष्ट्र बैंकको बालुवाटारस्थिर कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । उत्पत्यकाबाहिर भने २ असोजबाट नयाँ नोट वितरण सुरु गरिने राष्ट्र बैंकले जनाएको छ ।

दशैंँअघि हरेक वर्ष राष्ट्र बैंकले नयाँ तथा सुकिला नोट बजार पठाउने गरेको छ । यो वर्षका लागि झण्डै १० अर्ब रुपैयाँ बराबरका नयाँ नोट पठाउने तयारी गरिएको छ ।

५, १०, २०, ५० र १०० दरका नयाँ नोट एक एक प्याक गरी एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्मको नयाँ नोट साट्न पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =