नेशनल लाइफद्वारा ठोकर्पा अस्पताललाई २० लाख सहयोग

काठमाडौँ । सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेसन बिचको सहकार्यमा सञ्चालित एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ ।

उक्त अवसरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा उक्त भेगमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा दिन परियोजना कार्यान्वयनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग दिएको छ ।

उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ । उक्त समारोहमा अस्पताल व्यवस्थापन बाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाही, एक एक पाइला फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापासहित करिब १५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *